छोराले बाबा! अब त्यो प्लेन आउँदैन ? भनेर सोधेपछि बुबाले झस्किदै दिए यस्तो जवाफ
1 min read
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि छोरो (रितिक) ले पटकपटक सोधिरहेको यो प्रश्नको उत्तर मैले के भनेर दिने होला ?
बाबा अब त्यो प्लेन आउँदैन ? पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि गलाई छोरो (रितिक) ले सबैभन्दा बढी गरिरहेको प्रश्न हो, यो २४ पुसमा रेसुंगा विमानस्थलमा डेमो पलाइट हुँदा ऊ मसँगै थियो युटुबमा विमान उडेका धेरै भिजुअल हेर्थ्यो। तर बाबुले त्यसभन्दा पहिले नजिकबाट विमान देखने अवसर पाएको थिएन ।
त्यसैले मैले विद्यालय छुटाएर भए पनि त्यस दिन विमानस्थल पुन्याएको थिएँ । उसले त्यसबेलादेखि आकाशमा देख्ने सबै जहाजलाई रेसुंगा विमानस्थलमै आएको भन्ठान्थ्यो मबाहेक नजिक भएका अरुलाई पनि प्लेन देख्नेवित्तिकै आकाशतर्फ देखाउदै भन्थ्यो, ऊ मेरो प्लेन याद भन्थ्यो, ‘अस्ति नै सिमचौर आयो नि, हो त्यही हो।’ पोखरा दुर्घटना पहिले उसले हरेक दिन भन्थ्यो- बाबा सिमचौर फेरि प्लेन कहिले आउँछ । फेरि आयो भने म पनि जाने हो है म चुपचाप उसका कुरा सुन्थे । सकेसम्म उसका प्रश्नको रचनात्मक उत्तर दिन्थें ।
विमान आउने वा नभाउने कुराले यो सानो बाबुलाई पनि ठूलो अर्थ राख्यो सिमचौरमा विमान आएन भने त उसका लागि पनि ठूलो घात भयो। जब पोखरामा विमान दुर्घटनाको खबर बाबुले सुन्यो । मसँग उसले प्रत्येक घन्टा फरक-फरक प्रश्न गर्न थाल्यो बाबुले टिकटक र मुटुबका अपलोड भएका सबै भिडियो देख्यो । मलाई रेडियोबाट फर्किएपछि साँझ सोध्यो- बाबा त्यो प्लेन त हाम्रो सिमचौर आएको रेंज।
मैले होइन किन बाबु भनेर प्रश्न गरें उसले युटुबको भिडियो देखाउँदै मलाई भन्यो- हेर्नुस् त याद छ उसले अरु बुझ्ने कुरा भएन । विमानको रङ हेरेर रेसुंगा विमानस्थलमा आएको प्लेन हो भन्थ्यो मैले पटक-पटक कन्भिन्स गर्न खोजें होइन भनेर तर ऊ अहिलेसम्म पनि त्यही हो भन्नेमै विश्वस्त छ अचेल मलाई 1 दैनिक सोध्छ बाबा त्यो प्लेन आउँदैन ? बन्छ कि नाई मैले आउँदैन भनेपछि निराश भएर रिसाउँछ, बन्दैन भने सोहीअनुसारको प्रतिक्रिया देखाउँछ ।
बाबुले विमानसँग जोडेर व्यक्त गरेका जिज्ञासा र उत्सुकताले मैले पनि केही कुरा सिके र सम्झी रेसुंगा विमानस्थलमा प्लेन आउँछ कि नाई ? मैले बाबुलाई पनि जवाफ दिइरहनुपर्नेछ । त्यसका लागि मैले पनि त सम्बन्धित निकायमा प्लेन आउँछ कि नाई सोच्नुपन्यो मेरो बाबुले बाबालाई प्लेन आउला कि नाइँ भनेर भन्यो । तर, पोखरा दुर्घटनाले कैयौं बाबुले बाबा नै भन्न पाएनन् ।
मेरो बाबुको त प्लेन आउने वा नआउने कल्पना र सपना मात्र हो तर विपनामै कैयौं परिवारका बाबा जामा, छोरा-छोरी, दिदी-बहिनी र आफन्त गुमे मैले मेरो बाबुलाई प्लेन पर्छन भन्न सक्छु त्यो आउला वा नआउला।
मैले त्यो प्लेन होइन भनेर बुझाउँला । खयर केही छैन, रेसुंगा विमानस्थलमा बाबुका लागि अर्कै रङ भएको प्लेन आउला । तर त्यो परिवारले बाबु मरेका छैनन् भन्न, पर्खिराख भन्न वा आउँदैन भन्न कसरी सक्लान् (स्रोत: नयाँपत्रिका बाट साभार)