March 25, 2023

बार्दलीबाट नमस्कार गर्दै रविले भने- अब मेरो भन्नुपर्ने केही छैन, गर्नुपर्ने धेरै छ

1 min read

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने अब आफूले भन्नुपर्ने बाँकी केही नरहेको बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीले बोल्न गरेको आग्रहमा रविले आफूले अब बोल्नुपर्ने बाँकी केही नरहेको बरु गर्नुपर्ने धेरै रहेको बताए ।

अब मैले भन्नुपर्ने केही पनि छैन । गर्नुपर्ने चिजहरू छन्,रविले भने । गएको शुक्रबार सर्वोच्च अदालतले उनको नेपाली नागरिकता अवैध रहेको ठहर गरेपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । तर, आज उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट फेरि नेपाली नागरिकता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् ।काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् ।लामिछानेले अमेरिका नागरिकता हुँदाहुँदै नेपाली राहदानी निकालेको भन्दै विवादमा छन् ।

यस विषयमा प्रहरीले अनुसन्धान समेत थालेको थियो । तर गृहमन्त्री भएर आएपछि रविको पासपोर्टको विवादको छानविन रोकिएको छ ।राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।

२१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । जुन उनले फिर्ता गरेका हुन् ।रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति बनेका छन् ।

रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिएका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यसलगत्तै बसेको बैठकले पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

नागरिकताको विवादमा सांसद, मन्त्री र सभापतिबाट पदमुक्त भएका लामिछानेले तत्काल कार्यवाहकको रुपमा उपसभापति डिपी अर्याललाई जिम्मेवारी दिइएको थियो ।रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.