आईसीसीले दियो सन्दीपका लागि ठूलो खुसीको खबर
1 min read
काठमाडौं।
नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने अहिले टोली बाहिरि छन्। किनकि उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले अनिश्चितकालका लागि नि’ल’म्ब’न गरेको थियो। यसैक्रममा सन्दीपका लागि एक ठूलो खुसीको खबर आएको छ।
त्यो के हो भने, सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोक नलगाउने भएको छ। आईसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए।
‘आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको छ। तर, यहाँ फेरि सरकारी वकिलले सर्वोच्चमा मुद्दा हाल्ने कुराहरू सुनिएका छन्। त्यसैले हामीले अझै निर्णय लिएका छैनौं,’ उनले भने।
ब’ला’त्का’रको आ’रो’पमा प’क्रा’उ परेका लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो। नेपाली क्रिकेटमा सन्दीप लामिछानेको भूमिका महत्वपूर्ण रहेको छ। उनी टिममा हुनु आवश्यक छ। २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो।
क्यानले ज्ञानेन्द्र मल्लको ठाउँमा सन्दीपलाई कप्तान बनाएको थियो। अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो। सन्दीपको कप्तानीमा नेपालले १८ वटा टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेको थियो।
जसमा नेपालले १३ जित र ५ म्याचमा हार ब्यहोरेको थियो। एकदिवसीय क्रिकेटमा भने सन्दीपको कप्तानको रेकर्ड खराब छ। उनले १४ खेलमा कप्तानी गर्दा मात्र ४ म्याच मात्रै नेपालले जितेको छ। ९ म्याच हार्दा १ खेल बराबरी खेलेको छ। सानै उमेरमा सन्दीपले आफूलाई मात्रै होइन, नेपाली क्रिकेटलाई नै विश्वभर चिनाएका छन्।
उनले विश्वका चर्चित टी–२० लिगमार्फत् नेपाललाई विश्व क्रिकेटसामु चिनाएका हुन्। विश्वभर चम्किरहेका सन्दीपमाथि एक बज्रपात आइपरेको छ। जस सिंगो नेपाली क्रिकेट नै हल्लिएको छ। सन्दीप नेपाली टिमका एक मुख्य खेलाडी हुन्। उनी नेपाल सर्वाधिक विकेटकर्तासमेत हुन्। नेपाललाई अप्ठ्यारो परेको बेला सन्दीपले विकेट लिँदै खेलमा फर्काएका धेरै उदाहरण छन्।
सिराजलाई ठूलो सफलता
भारतीय फास्ट बलर मोहम्मद सिराज पहिलो पटक आईसीसी वरीयतामा ओडीआईतर्फ नम्बर वान बलर बनेका छन् । आईसीसीले पछिल्लो पटक अपडेट गरेको वरीयता अनुसार बलरतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टलाई पछि पार्दै सिराज शीर्ष स्थानमा उक्लेका हुन् ।
दोस्रो स्थानमा अष्ट्रेलियाका जोस हाजेलउड छन् भने बोल्ट तेस्रो स्थानमा झरेका छन् । गत वर्ष फ्रेब्रुअरीमा मात्रै भारतीय ओडीआई टिममा पुनरागमन गरेका सिराजले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै नम्बर वान बलर बनेका हुन् ।
त्यसयता २८ वर्षीय सिराजले ओडीआईमा २० खेल खेल्दै ३७ विकेट लिएका छन् र उनले भारतको प्रमुख बलर बनेका छन् । भारतले न्युजिल्याण्ड विरुद्धको तीन खेलको ओडीआई शृंखला घरेलु मैदानमा क्लिन स्वीप गर्दा सिराजले ५ विकेट लिएका थिए ।
शृंखलामा सर्वाधिक विकेट लिनेमा भारतकै शार्दुल ठाकुर र कुलदिप यादव भन्दा पछि रहे पनि सिराजले पछिल्लो पाँच ओडीआई म्याचमा १४ विकेट लिएका थिए । उनले श्रीलंका विरुद्धको तीन खेलको शृंखलामा ९ विकेट लिएका थिए ।
यस्तै न्युजिल्याण्ड विरुद्धको शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै कूल ३६० रन बनाएर प्लेअर अफ द सिरिज बनेका भारतीय युवा ब्याटर शुभमन गिल ब्याटरतर्फ छैटौं स्थानमा उक्लेका छन् । उनले भारतकै विराट कोहलीलाई एक स्थानले पछि पारेका हुन् । ब्याटरको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन् ।