January 29, 2023

रोनाल्डोले स्विकार गरे साउदी क्लब अल नास्सरको ५०० मिलियन युरोको प्रस्ताव, विश्वकप लगतै…

1 min read

स्पेनबाट प्रकाशित हुने राष्ट्रिय दैनिक ‘मार्का’ का अनुसार क्रिष्टियानो रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल नास्सरको प्रस्ताव स्विकार गरेका छन् ।मार्काले कतारमा जारी विश्वकपकै दौरान अल नास्सरले राखेको सम्झौताको प्रस्तावमाथि रोनाल्डो सकारात्मक रहेको र स्विकार गरेको खबर प्रकाशन गरेको हो ।

रोनाल्डो अब विश्वकप लगतै फ्रि ट्रान्सफरमा साउदीको क्लब अल नास्सरसँगको सम्झौतालाई औपचारिकता दिने भएका छन् । क्लबले रोनाल्डोसँग साढे दुई वर्षको सम्झौता गर्ने तयारी गरिरहेको छ ।अल नास्सरले रोनाल्डोलाई प्रति सिजन दुईसय मिलियन युरो दिने अनौपचारिक सम्झौता भएको छ ।

यसको अर्थ रोनाल्डोले साढे दसई वर्षको लागि अल नास्सरबाट पाँचसय मिलियन युरो लिनेछन् ।आफ्नो खेल जिवनको सम्भावित अन्तिम विश्वकपमा सहभागि भइरहेको रोनाल्डो पोर्चुगललाई विश्वविजेता बनाउने अभियानमा कतारमा कढा परिश्रम गरिरहेका छन् ।

विश्वकप शुरु हुन केही दिनअघिमा बेलायतका चर्चित पत्रकार पिएसै मोर्गनलाई दिएको अन्तरवर्तामा रोनाल्डोले म्यान्चेस्टर युनाइटेड भित्रको कमि कमजोरी, ब्यवस्थापकहरुको ब्यवहार र प्रशिक्षक एरीक टेन् हागसँगको आफ्नो बिथ्रिदो सम्बन्धको बारेमा खुलेर बोलेका थिए ।

त्यसपछि उनको अन्तरवार्ता चित्त बुझ्दो नभएको भन्दै म्यान युले रोनाल्डोसँगको आपसी समझदारीमा सम्झौता खारेज गरेको थियो ।यसपछि रोनाल्डोको विश्वकप पश्चात खेल जिवन कस्तो रहने भन्दै अन्यौलतासँगै चर्चाको विषय बनिरहेको छ ।उता चोटका कारण ५ जना प्रमुख खेलाडीबिनै कतार विश्वकपमा होमिएको फ्रान्सलाई अझै चोटको पिरलो थपिएको छ ।

टोलीका सबैभन्दा मुख्य खेलाडी युवा स्टार केलियन एमबाप्पेले प्रशिक्षण दौरान चोट बोकेका छन् ।फ्रान्सको पत्रिका ‘लेक्विपे’ले यो पुष्टि गरेको छ कि, समूह चरणको तेस्रो खेलको तयारी दौरान एमबाप्पेले चोट बोकेका हुन् । फ्रान्सले आजै राति ८ः४५ बजेबाट समूह चरणको तेस्रो खेल ट्युनिसियासँग खेल्दै छ ।

सो खेलमा एमबाप्पे नहुने करिब तय छ ।तर, एमबाप्पेको चोट सामान्य रहेको रिपोर्टमा बताइएको छ ।एमबाप्पेको प्रशिक्षण दौरान कुर्कुच्चाको पछाडिको भागमा सामान्य चोट परेको बताइएको छ । जसका कारण उनलाई आज राति हुने खेलमा आराम दिइने करिब पक्का छ ।

तर, त्यसपछि उनले खेलमा भने उनी फिट हुनेछन् । चोट सामान्य रहेकाले उनलाई थप जोखिम बढ्न नदिन र अन्तिम १६ को महत्त्वपूर्ण खेलका लागि फिट राख्न पनि आज रातिको खेलमा उनलाई आराम दिइनेछ ।फ्रान्स यसअघिकै खेलबाट अन्तिम १६ मा प्रवेश गरिसकेकाले आजको खेल हारे पनि कुनै फरक पर्दैन ।

तर, फ्रान्स समूह चरणमा अपराजित रहँदै वा शतप्रतिशत जितका साथ नकआउट चरणमा प्रवेश गर्न चाहन्छ । ट्युनिसिया कमजोर टिम भएकाले एमबाप्पेबिना पनि फ्रान्सले खेल जित्न सक्छ ।एमबाप्पेले सुरुआतका दुवै खेल खेल्दै उनले ३ गोल गरिसकेका छन् ।

आजको खेल गुमाउँदा सर्वाधिक गोलकर्ताको दौडमा उनलाई धक्का लाग्न सक्छ । यस विश्वकपमा फ्रान्स ५ जना प्रमुख खेलाडी चोटका कारण नहुँदा पनि उत्कृष्ट लय देखारहेको छ ।२ जना प्रमुख मिडफिल्डर पाउल पोग्बा र एन्गोलो कान्टेदेखि प्रमख फरवार्ड करिम बेन्जेमा पनि चोटका कारण विश्वकपमा छैनन् ।बेन्जेमाको नाम अझै पनि विश्वकप खेल्ने २६ जनाको टोलीमा छ ।

तर, उनले खेल्ने सम्भावना कम छ । यदि फ्रान्स फाइनलसम्म पुगे बेन्जेमाले आश्चार्यजनक ढंगले टोलीमा कमब्याक गर्न सक्छन् । डिफेन्डर प्रेस्नल किमपेम्बे र युवा खेलाडी क्रिस्टोफ कुन्कु पनि चोटका कारण टोलीमा समावेश छैनन् । साबिक च्याम्पियन फ्रान्सलाई यसपटक पनि विश्वकपमा एक प्रमुख उपाधि दाबेदार मानिएको छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.