January 29, 2023

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

1 min read

१४ मंसिर, काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ ।

निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो ।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।

यो पनि
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको सुरक्षार्थ खटाइएका म्यादी प्रहरीको सन्दर्भमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाइ युट्युब र फेसबुकमा राख्ने एक जना पक्राउ परेका छन् ।

म्यादी प्रहरीलाई युट्युबमार्फत विभिन्न आक्षेप तथा लाञ्छना लगाइ समाजमा अपाच्य हुने शब्दहरूको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र चुनावमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको भिडियो बनाएको आरोपमा हेटौँडाका नवीन खड्कालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको र सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको पनि साइबर ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.