November 30, 2022

आमाबुबा रोजगारीको सिलसिलामा भारतमा, यता छोरी झु’ ण्डिएको अवस्थामा मृत फेला

1 min read

मंग्सिर ९, २०७९ शुक्रबार काठमाडौँ– बझाङको बुङ्गल नगरपालिकामा एक किशोरी झु’ ण्डिएको अवस्थामा मृ’ त फेला परेकी छन् ।जिल्लाको बुङ्गल नगरपालिका ६ बगालिबगरकी १३ वर्षिया रोशनी धामी मृ’ त अवस्थामा फेला परेकी हुन् ।

बिहीबार साँझ आफ्नै घरको ढोकामा झु’ ण्डिएको अवस्थामा मृ’ त फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।किशोरीका आमाबुबा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् ।घरमा उनी र उनको भाइ बस्ने गरेका बताइएको छ ।

त्यो पनि – जापानको आइची प्रिफेक्चरका प्रहरीहरुले एउटा रेष्टुराँको फोहोर फ्याक्ने भाँडोमा मृ’ त अवस्थामा भेटिएका न’ ग्न पुरुषको मृ’ त्युबारे अनुसन्धान गरिरहेको छ । बुधवार प्रिफेक्चरको सुशिमा नगरमा रहेको रेष्टुराँको फोहोर फ्याक्ने भाँडो भित्र श’ ब भेटिएको थियो ।

प्रहरीलाई साँझ ४ः२५ बजेतिर फोहोर व्यवस्थापन कम्पनीको तर्फबाट फोन आएको थियो । कम्पनीका कर्मचारीले मानिसको खुट्टा जस्तै दे’ खिने वस्तु भाँडो भित्र देखिएको भन्दै प्रहरीलाई फोन गरेको भन्दै स्थानीय सञ्चार माध्यमहरुले समाचारमा भनेका छन् ।

घटनास्थलमा प्रहरी पुगेर चेकजाँच गर्दा सो भाँडो भित्रै एक मृ’ त पुरुषको नां’ गो शरीर थियो । मृ’ तकका शरीरमा नां’ गो आँखाले देखिने चोट वा चोटको कुनै पनि संकेत छैन । मृ’ त्युको कारण पत्ता लगाउन पो’ ष्टमर्टम गरिने प्रहरीले बताएको छ । प्रहरीले व्यक्तिको उमेरलगायत विवरणहरु खुलाएको छैन ।

यो पनि – स्लोभानियाको जंगलमा एक नेपाली चेलीको दुखद नि’ धन भएको छ । क्रोएसियाबाट युरोपियन मुलुक पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की सञ्जिता गोतामेको नि’ धन भएको बताइएको छ ।उनको मंसिर ६ गते नि’ धन भएको बताइएको छ ।

रोजगारीको सिलसिलामा क्रोएसिया गएकी उनको नि’ धन भएपछि शवलाई नेपाल पठाउने तयारी थालेको बताइएको छ ।पछिल्ला केही महिनायता क्रोएसियाबाट पोर्चुगल लगायत युरोपियन मुलुकहरुमा स्थान्तरण गर्ने क्रम बढ्दो छ । फ्रान्सस्थित राजदुतावासले पनि राहदानीको दुरुपयोग गरी सवार नगर्न सबै नेपाली समक्ष आग्रह गरेको छ ।

यो पनि– सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने तयारी गरेको छ । काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणाली मार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाइटिकट गराउन वैदेशिक रोजगार विभागको ईपिएस शाखाले बोलपत्र आह्वान गरेको छ ।

चालु आर्थिक वर्ष वा कोभिड(१९ का कारण सीधा उडानमार्फत पठाउनुपर्ने शर्तका कामदारलाई पठाउन टिकट छपाइ गर्न लागिएको शाखाले जानकारी दिएको छ ।शाखाले उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिसकेको छ ।

गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको थियो । भाषा परीक्षा दिएकामध्ये ६२ प्रतिशत अर्थात् ८ हजार ७८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५९५ जनाले आवेदन दिएका थिए भने परीक्षामा १४ हजार ४३ सहभागी थिए ।

उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ । पहिलो चरणमा ७ हजार १४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको थियो । उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ ।

सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भइ रोष्टरमा रहेका दुईतिहाइ व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने शाखाले जानकारी दिएको छ । २०२२ मा उत्पादनतर्फ १५ हजार नौ सय २७ जना भाषा परीक्षा उत्तीर्ण भइ रोष्टरमा छन् ।

सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बररजनवरी महिनामा हुनेछ । सन् २०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका तीन हजारमध्ये आधाभन्दाबढीको रोजगार सम्झौता आइसकेको छ । दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहँदै आएको छ ।

नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली ९ईपिएस० सम्झौता भएको थियो । सुरुवाती वर्षहरूमा २८ सय कामदार लगेको कोरियाले सन् २०११ देखि त्यो सङ्ख्या बढाउँदै गएको थियो। ईपिएस सम्झौता भएयता भाषा परीक्षा उत्तीर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

अहिले भाषा परीक्षा उत्तीर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । कोरियामा ईपिएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो सूचीमा रहेको छ । पहिलो सूचीमा कम्बोडिया छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.