March 25, 2023

कस्तो होला यो साता तपाईको भाग्य ? भदौ १९ गतेदेखी भदौ २५ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस् राशिफल

1 min read

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति चैं सावधानी अपनाउनुपर्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सप्ताह धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेममा मधुरता छाउला । आँटेको र ताकेको कार्य पुरा होला । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । स्वास्थ्य प्रति सजग रहनु होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता लाभहानी, आयव्यय, सुख दुःख बराबरी खालको समय रहेको छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता शुभ कार्यको योजना बन्नेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सेयरको कारोबारमा फाइदा पनि बढ्न सक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति सजग रहनु होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता स्वास्थ्यमा समस्या हुन सक्छ, त्यसैले सङ्क्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रसन्न रहला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता विपरित वर्गबाट विशेष सहयोग मिल्ने र शुभ कार्यको योजना बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । विज्ञान र प्राविधिक कार्य अघि बढ्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका नयाँ स्रोत बढ्नेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सप्ताहमा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साताको सुरुका दिनमा दबाब र तनाव बढेको महसुस हुनेछ र केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ, तर खानपानमा विचार पुर्याउनु होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । स्वास्थ्य साबर र शिक्षामा सफलता मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्यारो साथी तथा आफन्तसँग समय बित्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पारिवारिक जमघट र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रो प्रतिफल दिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ र पछि फाइदा हुनेछ । साताको मध्यमा मानसिक चिन्ता बढ्नेछ । चोट पटकको भय पनि छ सचेत रहनुहोला ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.