March 25, 2023

यिनै हुन् हिजो काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरमा चुरोट तान्ने २८ वर्षीय नारायण उपाध्याय

1 min read

काठमाडौँ ।

यात्रुलाई जहाजभित्र चुरोट तान्ने मौका दिइन्न । हिजो बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट ताने ब्यक्ति २८ वर्षीय नारायण उपाध्याय हुन् । उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेको बुद्ध एयरले जनाएको छ ।

कैलालीको टीकापुर घर भएका ती २९ वर्षीय युवक नारायण उपाध्यायले आफू पहिलोपटक जहाज चढेको बताएका छन्। उनले प्रहरीसँग आफू पहिलोपटक जहाजमा चढेकाले चुरोट तान्न नमिल्ने कुराबारे जानकार नभएको बताएका छन्।

उनलाई विमान उडीरहेको समयमा विमानका कमएचारीले उडान अवधिभर निगरानीमा राखेर अवतरण गरे लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको हो ।

‘काठमाडौं विमानस्थलमा चेकिङ्ग हुँदा सुरक्षाकर्मीले मेरो साथबाट चुरोट र लाइटर भेटाएका थिए। उहाँहरुले फाल्न भनेको तर मैले नफाली लुकाएर त्यो चुरोट जहाजभित्र पुगाएको थिए’ उपाध्यायको बयान

उद्धृत गर्दै कैलालीका डिएसपी वेदप्रकाश जोशीले भने, ‘जहाज उडेपछि शौचालय छिर्दा चुरोटको तलतल लागेकाले तानेको हुँ।’ उनले आफू मदिराको नशामा झ्याप भएकाले अन्जानमा उक्त घटना भएको प्रहरीसमक्ष बयान दिएका छन्।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.