November 30, 2022

बजेट हिनामिना पारेको भन्दै राजिनामा माग गर्दै युवा द्धारा जनार्दन शर्मा माथि ढुंगा मुढा प्रहार

1 min read

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गर्ने तयारी गरेका छन् ।शर्माविरुद्ध चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले बर्खास्त गर्ने तयारी थालेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

गत जेठ १५ मा शर्माले व्यापारिक घरानाका व्यक्तिलाई बजेट निर्माण गर्ने जिम्मेवारी दिएको विषय बाहिरिएको थियो । ठूला व्यापारीका ती प्रतिनिधिहरूले बजेटमा आफूअनुकुल करको दर हेरफेर गर्न भूमिका खेलेको बताइएको छ ।

त्यसपछि उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सिसिटिभी फुजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले सिसिटिभी फुटेज मेटिसकेको जवाफ दिएको छ । यसबाट अर्थमन्त्री झनै आलोचित भएका छन् ।

सोमबारमात्र गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शर्माको राजीनामा मागेका थिए । यसले गर्दा प्रधानमन्त्री देउवा झनै दबावमा आएको विश्लेषण गर्न सकिन्छ ।

यस्तै प्रतिपक्षी एमालेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि अर्थमन्त्री शर्माको विरोध गरिहेका छन् ।घटनाको संसदीय छानबिन गर्न माग गर्दै एमालेले शर्माको राजीनामा माग्दै आएको छ ।

सोमबार विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्मा अर्थमन्त्री मामिलामाप्रधानमन्त्री देउवा निरीह बनेको भन्दै उनको नैतिकता र कार्यक्षमतामाथि नै प्रश्न गरेका थिए ।तर, गठबन्धन ट्ट्ने डरले प्रधानमन्त्री देउवाले अर्थमन्त्री हटाउने एक्लो निर्णय गर्न सकेका छैनन् ।

अर्थमन्त्री शर्मालाई के गर्ने भन्ने विषयमा छलफल गर्न देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बालुवाटार बोलाएका बालुवाटार स्रोतले जनाएको छ प्रचण्ड सहमत भए अर्थमन्त्री शर्मा मंगलबार नै बर्खास्तीमा पर्नसक्ने सम्भावना रहेको बताइएको छ*

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.