January 29, 2023

आरजुलाई गगन थापाले फर्काए मुखतोड जवाफ,मान्छे बेच्ने देश नभई सामान बेच्ने देशको लागि कांग्रेससरकार बन्न आवश्यक

1 min read

काठमाडौँ । नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजुले केहीदिन अघि सुदूरपश्चिम प्रदेश पुगेर मतदातालाई प्रभावित पार्दै एउटा वडाबाट ६/७ जनालाई फ्रि भिसा फ्रि टिकटमा मलेसिया पठाइदिने बताएकी थिईन् ।

यसैबीच, आरजुतर्फ संकेत गर्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री देउवा पत्नी आरजुलाई मुखभरीको जवाफ फर्काएका छन् । उनले कांग्रेस विदेशमा मान्छे नभई सामान बेच्नुपर्ने बताएका हुन् ।

कांग्रेसका महामन्त्री थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै उनले नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली कांग्रेसको नेतृत्वमा तीन वटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गरे। थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउँदै जसलाई जहाँ भेटिन्छ त्यहाँ गठबन्धन गरेको आरोप लगाए।

उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट बसन्त बस्नेत, नेकपा एमालेबाट भागवत राउत र नेकपा एकीकृत समाजवादीबाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन्। नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.