March 25, 2023

काठमाडौंको मेयरमा जित्ने सम्भावना सबैभन्दा बढी कसको ? चर्चित पत्रकार विजयकुमारले नामै भनिदिए

1 min read

काठमाडौं । देशकै संघीय राजधानी काठमाडौंको मेयर को बन्ला भन्ने चासो देशभर छ । मुख्यतः तीन जना उम्मेदवार काठमाडौं महानगरको मेयरका लागि मुख्य प्रतिस्पर्धी देखिएका छन् । नेकपा एमालेबाट केशव स्थापित, गठबन्धनको तर्फबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच मुख्य चुनावी भिडन्त हुने देखिएको छ ।

चुनावी माहोल उत्कर्षमा पुग्दै गर्दा अरुबेला तटस्थ भूमिकामा रहने पत्रकारहरु पनि विस्तारै पक्षधरता देखाउन थालेका छन् । कसैले प्रत्यक्ष रुपमा त कसैले परोक्ष रुपमा सामाजिक सञ्जालमार्फत आफ्नो मत प्रकट गर्ने क्रम बढेको छ ।

यसै सिलसिलामा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले फेसबुक÷ट्विटरमार्फत काठमाडौं महानगरको चुनावी माहोलबारे आफ्नो विचार सार्वजनिक गरेका छन् । काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहको पक्षमा माहोल बनेको उनको आँकलन छ ।

एक महिलाले सिर्जना सिंहलाई आशीर्वाद दिइरहेको तस्वीरसहित पाण्डेले लेखेका छन्, ‘पछिल्ला केही दिनमा सिर्जना सिंहले आफ्नो स्थिति निर्णायक रुपमा मजबुत बनाएको देखिन्छ ।’ पाण्डेले चुनावका फैसला अब मिडिया र सञ्जालबाट मतपेटिकामा पुगेको उल्लेख गरेका छन् । स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा सामाजिक सञ्जालमा देखिएको समर्थनलाई लक्षित गर्दै उनले नेपालमा मिडिया वा सोसल मिडिया र मतपेटिकाबीच ठूलै खाडल हुनसक्ने पनि टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.